प्रधानमन्त्रीले पैसा ल्याए, नदी नबेचेको भए हुन्थ्यो

June 9, 2006

प्रधानन्त्री गिरिजाप्रसाद कोइराला भारतको चार दिने भ्रमण पुरा गरी शुक्रबार साँझ साढे ६ बजे नेपाल फर्किनुभयो। काठमाडौं उड्नुअघि उहाँले आफ्ना भारतीय समकक्षी मनमोहन सिंहसँग संयुक्त हस्ताक्षार गरेको एउटा १२ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सम्झौता पत्रमा उल्लेख भए अनुसार नेपाललाई फाइदा हुने धेरै कुराहरु छन्। तर नेपालका प्रधानमन्त्रीहरु बारम्बार भारत गएर नदी नाला बेच्दै आउँदै गर्ने परम्परा बनिसकेको अवस्थामा कोइरालाले केही नगरी फर्के जस्तो चाहिँ लागेको छैन। यो मेरो शंका मात्रै हो। यदि कुनै नदी नबेचिकन कोइराला त्यतिबिधि आर्थिक सहयोग जुटाउन सफल हुनुभएको हो भने त्यो सराहनीय कुरा हो। रकम चाहिँ १ ०० मिलियन अमेरिकी डलर ऋण र एक अर्ब ६० करोड रुपैयाँ अनुदान भनिएको छ। तर अनुदान रकम नेपालले माग गरेभन्दा निकै कमी हो। स्वदेशमा कोइरालाले असामान सन्धि सम्झौता गर्लान भनेर निकै ठूलो खबरदारी भइरहँदा कोइरालाले जनताको आवाजलाई कदर गरेको भए यो कोइरालाको राजनीतिक उचाइ बढाउने भ्रमण भएको छ। फेरि कोइरालाले माओवादी समस्या समाधानका लागि हतियार व्यवस्थापन गर्न भारतले राष्ट्रसंघको भूमिकालाई समेत स्वीकारेको कोइरालाले नेपाल फर्कनासाथ विमानस्थल पुगेका पत्रकारलाई बताउनुभयो।

खुला समाजका लागि खुला दिमाग

खुला समाजका लागि खुला दिमागले सोचिन जरुरी छ भन्ने लाग्छ। मेरो विचारमा यसो हुन सकेमा हाम्रो समाजमा विद्ममान धेरै समस्याहरु आफैँ समाधान हुनेछन्। खुट‌्टा तान्ने, अरुको कुरा काट्ने जस्ता कुराहरु पनि त बन्द मस्तिस्कका उपज हुन् नि। त्यसैले आजैदेखि खुला हृदयले सोचौ‌ समाज बदल्नका लागि।